काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले किंग्स इलेभेन पञ्जाबलाई ६ रनले हरायो ।

५ खेलमा तेश्रो जित हात पारेको हैदरावाद तेश्रो स्थानमा उक्लिएको छ ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । पञ्जाब ४ अंकसहित पाँचौ स्थानमा छ ।

टस हारेर पनि पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments