काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ४ विकेटले हराएको छ ।

दिल्लीले दिएको १ सय ६९ रनको लक्ष्य कोलकोताले अन्तिम ओभरमा एक बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो ।

कोलकत्तालाई जिताउन मनिष पाण्डेले सर्वाधिक नटआउट ६९ रन बनाए । ४९ बल खेलेका उनले ४ चौका र तीन छक्का हानेका दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ६८ रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments