नेकपा एमालेले चीन र भारतसँग सिमा जोडिने गरी ७ प्रान्त सहितको संघीयतामा जानुपर्ने धारणा अघि सारेको छ ।

तीन दिनदेखि लगातार बसेको पदाधिकारी बैठकमा पार्टीले यसअघि लिएको ७ प्रदेशकै अडानमा कायम रहने बारेमा छलफल भएको हो । अध्यक्ष केपी ओलीले बढीमा ५ प्रदेशको पक्षमा रहे पनि अधिकांश पदाधिकारीहरु ७ प्रदेशको पूरानो निर्णयबाट पछि हट्न नहुनेमा अडिएपछि ओली पनि सकारात्मक बनेको बताइएकोे छ ।
दलहरुबीच सहमतिका आधारमा यसअघि तीन दलबीच संविधानसभा विघटनअघि भएको ११ प्रदेशको अवधारणामा जान सकिने धारणा अघि सारिएको एमालेसचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमाले बैठकमा बहुपहिचान सहितको राज्य पुनसंरचनाको पक्षमा उभिने र राज्यहरुको नाम राख्दा सबैलाई मान्य हुने खालका खोजिनुपर्ने सहमति भएको गुरुङले बताउनुभयो ।

Comments