काठमाडौं । नयाँ मुलुकी संहिताले तीन वर्षभन्दा कम सजाय हुने मुद्दामा कैदीलाई जेलमा नराखी अन्य सार्वजनिक कार्य वा समाजसेवामा अटाएर सजाय कटाउने प्रस्ताव गरेको छ । संसदको विधायन समितिले सदनमा दर्ता गराएको मुलुकी ऐनको प्रतिस्थापनमा ल्याइएको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

‘कुनै कसुरदारलाई सजाय गर्दा जरिबाना र सामुदायिक सेवा पर्याप्त नअुने भएमा मात्र कारागार राख्ने प्रस्ताव गरिएको छ,’ विधायन समितिका सदस्य तथा फैजदारी कार्यविधि उपसमितिका संयोजक रामनारायण बिडारीले भने, ‘यसले कैदीलाई जेलमा होइन समाजमा सेवा र विकास निर्माण्मा लगाउने छ ।’

एक वर्षसम्म कैद निर्धारण भएको कसुरदारलाई निजको कसुर, उमेर, अभियोगको गम्भीरता र आचरण हेरेर नियमित कैदमा राख्न उपयुक्त नहुने देखिएमा कारण खोली सातामा अन्तिम दिन अर्थात सुक्रबार थुनामा राख्ने र आइतबार पुनः खुल्ला गराउन सकिने प्रस्ताव गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments