मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा सम्पन्न न्याभ मल्टिकल्चरल क्रिकेट टुर्नामेन्टमा नर्थन लायन्स विजयी भएको छ । नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले नयाँ वर्ष २०७४ को अवसरमा सो प्रतियोगिताको आयोजना गरेको हो ।

गत अप्रिल १४ मा उद्घाटन गरिएको टुर्नामेन्टको सेमी फाइनल र फाइनल खेल अप्रिल १६ आईतबारका दिन भएका थिए । फाइनल खेलमा शक्ति लायन्स र नर्थन लायन्सले प्रतिस्पर्धा गरेका थिए जसमा नर्थन लायन्स विजयी भएको हो ।

नेपाली समुदायको खेल क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको न्याभले पहिलोपटक मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट आयोजना गरेको हो । न्याभले टुर्नामेन्ट सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सहभागी टिमहरु , दर्शक , संघ संस्था लगायत सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments