एजेन्सी । बाबु आमाले आफ्नो बच्चा नजन्मिदै पाठेघरमा उसको विकासलाई महसुस मात्र गर्न सक्छन् । अब भने प्रविधिमा भएको विकासले आमा बाबुले पाठेघरमा हुर्किरहेको आफ्नो बच्चालाई देख्न पाउने भएका छन् ।

स्मार्ट फोनको एक एप्सद्वारा बाबु आमाले आफ्नो बच्चालाई नजन्मिदै देख्न पाउने भएका हुन् । अष्ट्रेलियाको प्रजनन विशषज्ञको ‘जेनेया’ ग्रुपले यो एप्सको विकास गरेको हो । “ग्रो” नामको यो एप्सद्वारा भ्रुण विकसित हुने सुरुको अवस्था देखि नै बाबु आमाले चित्र देख्न सक्ने बताईएको छ । यसबाट आउने चित्र सामाजिक संजालमा समेत राख्न सकिने छ ।

यो एप्सलाई परिक्षणको लागि आगामी हप्ता प्रयोग गरिने र मे महिना देखि जेनेया ग्रुपले आफूकहाँ आउने आमा बाबुहरुमा प्रयोगमा ल्याउने जानकारी दिईएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments