काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) राउन्ड रोबिन लिगको अन्तिम खेलमा सोमबार बिहान शीर्ष स्थानको रुपन्देहीलाई ६ विकेटले हराउँदै चौराह प्ले अफमा पुगेको छ ।

रूपन्देहीलाई ११ ओभरमै समेटेको चौराहले खेल जितेर ४ अंक नै भए पनि चौथो स्थानमा रहेको कञ्चनपुरलाई उछिन्दै प्लेअफमा पुगेको हो ।

चौराहका लागि राजु रिजाल र अमर राउटेलाले समान १३–१३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रूपन्देहीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

९२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको टिम चौराहका लागि कप्तान पारस खड्काले २१ बलमा ४२ रन बनाउँदै टिमलाई ११ ओभरभित्रै जीत दिलाउन महत्वपूर्ण योगदान दिए । खड्काले २ छक्का र ७ चौका प्रहार गरेका थिए । यस्तै टिमका लागि पृथु बाँस्कोटाले १५ रन बनाए ।

यसअघि टस जितेको रुपन्देही च्यालेन्जर्सले एसएसपी कार्यलय मैदानमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments