एजेन्सी । विश्वले हास्य सम्राटको उपमा दिएको प्रसिद्ध हास्य अभिनेता चार्ली च्याप्लिनको जन्म जयन्ती आइतबार विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ ।

फिल्म दुनियाँका चर्चित अभिनेता चार्लीको जन्म १६ अप्रिल सन् १८८९ मा लण्डनमा भएको थियो । उनको निधन ८८ वर्षको उमेरमा सन् १९७७ क्रिसमसको दिनमा भएको थियो ।

चार्लीको शव गाडिएको तीन महिनापछि चिहानबाटै चोरी भएको थियो । उनको परिवारसँग पैसा असुल्ने मनशायले शव चोरी गरिएको थियो ।

चार्लीले १३ वर्षको उमेरमा मनोरञ्जनको दुनियाँमा प्रवेश गरेका थिए । डान्ससँगै चार्लीले स्टेज प्ले पनि सुरु गरेका थिए ।

त्यसपश्चात चार्ली अमेरिकी फिल्म स्टूडियोमा छानिएका थिए । यहि यात्राबाट नै चार्लीले संसारभर फिल्मको बादशाहका रुपमा प्रसिद्धि कमाए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments