धनगढी । धनगढीमा जारी डिपिएल क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।

धनगढीको एसएसपी क्रिकेट मैदनमा आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किंग्सलाई  ६१ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १ सय ३८ रन जोड्न सफल भएको थियो । खेलमा रुपन्देहीका लागि अन्तिम थापाले सर्वाधिक ४५ रनको योगदान गर्दा कृष्ण कार्कीले २२ तथा पुष्प थापाले १७ रनको योगदान गरे । यस्तै बलिङ तर्फ विराटनगरको लागि दिपेन्द्र सिंह ऐरी र सुशील कंडेलले समान २/२ विकेट हात पारे ।

उता १ सय ३३ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि कप्तान शरद भेषावाकरले ३४ रन जोड्नु बाहेक बाँकी ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । जवाफी ब्याटिङ गरेको विराटनगर १८ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७१ रन जोड्न सफल भयो । विराटनगरलाई सस्तैमा समेट्नको लागि रुपन्देहीका लागि शाहाब अलामले सर्वाधिक ४ विकेट लिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments