कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोमा फोहोरमैलामा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

घटनामा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

फोहोरमा पुरिएकालाई उद्दार गर्न सयौं  सुरक्षाकर्मी तैनाथ भएका छन् । गत शुक्रबार ९० मिटर अग्ला बाँध भत्किएपछि आएको फोहोर सहितको बाढीको कारण २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय ४५ घर क्षतिग्रस्त भएको छ ।

राजधानीदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने कोलोन्नावामा आएको शुक्रबारको प्रकोपमा परी एक जना महिला र तीन जना पुरुष हराइरहेको खबर छ ।

कोलम्बो नेसनल हस्पिटलले मृत्यु भएका २१ जनामध्ये ११ देखि १५ वर्ष उमेर समुहका चार बालबालिका रहेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments