काठमाडौं। नयाँ वर्ष २०७४ को शुभकामनासँगै नायिका प्रियंका कार्कीले सार्वजनिक गरेको फोटोले प्रियंका कार्की आयुष्मानको रियल गर्लफ्रेण्ड भएको कुरा बाहिर आएको छ । प्रियंकाले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग अँगालोमा बाँधिएको फोटो सार्वजनिक गरेकी छन्।

 

प्रियंका र आयुष्मानबारे बजारमा विभिन्न अड्कलबाजी चलिरहँदा यो फोटोले उनीहरुको सम्बन्धलाई थप पुष्टी गरेको छ । आयुष्मानको अघिल्लो सम्बन्ध केही समय अघि टुट्नुको पछाडी प्रियंका कारण रहेको हल्ला चलेको थियो ।

गत वर्ष गाएको मेघन ट्रेलरको कभर सङ लाइक आइ’एम गोन्ना लुज युको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानले संगै काम गरेकी थिए भने उनीहरु चलचित्र काठमाडौं कथामा पनि सँगै काम गर्दैछन्। पछिल्लो समयका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा उनीहरु संगै देखिदै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments