काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गतको खेलमा कञ्चनपुर आइकोनिकलाई हराउँदैं विराटनगर किंग्स विजयी भएको छ ।

शनिबारको भएको पहिलो खेलमा विराटनगर किंग्सले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गरेको हो ।

कञ्चनपुरले दिएको ८१ रनको सामान्य लक्ष्य विराटनगरले मात्र ९ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । विराटनगरका कप्तान शरद भेषावकरले २८ रन बनाए । कञ्चनपुरका लागि पाँचै विकेट सागर पुनले लिए ।

टस हारेर व्याटिङको निम्तो पाएको कञ्चनपर १७ ओभरमा मात्र ८० रन बनाएर अलआउट भयो । कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए । विराटनगरका लागि सुशील कँडेल र सन्दिप लामिछानेले ४–४ विकेट लिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments