मेलबर्न । फेसबुक ग्रुप “जर्नी टु अस्ट्रेलिया स्टडी भिसा”ले अष्ट्रेलियाको सिड्नीमा जानकारी मुलक भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

नेपालबाट अष्ट्रेलिया आएका नयाँ विद्यार्थीलाई अध्यागमन, अध्ययन, वातावरण, करियर लगायतका विषयमा जानकारीमुलक परामर्श, अन्तरक्रिया र सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रेरक मन्तव्यहरु, स्थापित विद्यार्थीका अनुभवहरु साटासाट, मनोरन्जनात्मक प्रस्तुतिहरु र बार्बिक्यु समेत रहने आयोजकले बताएका छन्। कार्यक्रम आगामी अप्रिल १६ तारिख आईतबारका दिन दिउँसो एक बजेदेखि बेलुका ६ बजेसम्म सिड्नीको एस्फिल्ड स्थित एस्फिल्ड पार्कमा हुनेछ ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा ईच्छुक जोकोहि सहभागी हुन पाउनेछन् । कार्यक्रम आयोजनामा जर्नी टु अस्ट्रेलिया स्टडी भिसासंग ग्लोबल कन्सल्ट र डिलाइटेड टुर्स एण्ड ट्राभल्सले सहकार्य गरेका छन् ।

आयोजक “जर्नी टु अस्ट्रेलिया स्टडी भिसा” फेसबुक ग्रुप हो। यो ग्रुप अष्ट्रेलियामा आएर पढ्न चाहने र अष्ट्रेलियामा रहेर पढिरहेका विद्यार्थीहरुको साझा चौतारीको रुपमा विकसित भईरहेको छ । हाल यस ग्रुपमा लगभग दुई लाख एघार हजार सदस्य रहेका छन् । यस ग्रुपमा विद्यार्थीहरुले आ-आफ्ना जिज्ञासा, समस्या र तिनीहरुको सहि समाधानको बारेमा छलफल गर्छन् । ग्रुपले विद्यार्थीहरुका समस्या समाधानको लागि परामर्शदाता तथा सहयोगीको रुपमा काम गरिरहेको छ । 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments