एजेन्सी । जर्मनीको एक म्यागजिनले पोर्चुगलका कप्तान तथा स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक महिलालाई बलात्कार गरेको आरोप लगाउँदै खबर छापेको छ ।

जर्मन म्यागजिन डेर स्पिएजेलले रोनाल्डोले सन् २००९ मा एक महिलालाई बलात्कार गरेको र ती महिलालाई तीन लाख पाउण्ड स्ट्रलिङ दिएर सुल्झ्याएको आरोप लगाएको हो ।

रोनाल्डोका एजेन्टले विज्ञप्ति निकालेर म्यागजिनले कपोकल्पित समाचार छापेर अपमान गरेको भन्दै म्यागजिन विरुद्ध कानूनी कारवाहीको प्रक्रिया सुरु गर्न लागेको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments