उच्च माध्यमिक शिक्षा परिषद्ल्ऽे कक्षा १२ को परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।

वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्याले जानकारी दिनुभयो । अहिले उत्तरपुस्तिकाको परीक्षण सकेर सम्परीक्षण, कोडिङ, डिकोडिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले अन्य संकायको नतिजा भने भदौ अन्तिम हप्तासम्म सार्वजनिक गर्ने बताउनुभयो ।

Comments