काठमाडौं । इण्डियन प्रिमिएर लिग क्रिकेटमा कोलकत्ता नाइड राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हराएर कोलकत्ता शिर्ष स्थानमा उक्लिएको हो ।

१ सय ७१ रनको लक्ष्य पाएको कोलकत्ताले १६ ओभर तीन बलमा दुई विकेट जाँदा भेट्टाएको थियो । कप्तान गौतम गाम्भिरले ४९ बलमा ७२ रन बनाउँदै कोलकत्तालाई जीत दिलाएका थिए । गाम्भिरको आइपिएलमा यो ३३ औँ अर्धसतक हो ।

कोलकत्ताका सुनिल नारायनले १८ बलमा ३७ रन र रविन उथप्पाले १६ बलमा २६ रन साथै मनिष पाण्डेले १६ बलमा २५ रन बनाएका थिए ।

इडेन गार्डेन्सको मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारीत २० ओभरमा ९ विकेट जाँदा १ सय ७० रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments