मेलबर्न । अष्ट्रेलियामा खुल्ला डाइनोसर संग्राहलय निर्माण गरिएको छ । अष्ट्रेलियाको मध्य-पश्चिम क्विन्सल्याण्डमा सो संग्राहलय निर्माण गरिएको हो ।

१.३ मिलियन डलरको लागतमा वर्षौं समय लगाएर डाइनोसर संग्राहलयको निर्माण गरिएको हो । अस्ट्रेलियामा डाइनोसर र प्राकृतिक सम्पदाको ईतिहासलाई जीवित राख्नको लागि सो संग्राहलयको निर्माण गरिएको संग्राहलयका संस्थापक डेविड एल्लिओतले बताएका छन् ।

डेविड एल्लिओतले सन् १९९९ मा आफ्नो जमिनमा डाइनोसरको हड्डी पत्ता लगाएका थिए । त्यसयता उनले संग्राहलय निर्माणको परिकल्पना गरि राज्य बाट प्राप्त सहयोगले सो संग्राहलय निर्माण गरेका हुन् ।

यो संग्राहलय विश्वमा अहिले सम्म निर्माण गरिएका डाइनोसर संग्राहलय भन्दा निकै भिन्न रहेको बताईएको छ । आगामी अप्रिल १५ , शनिबारदेखि उक्त संग्राहलय औपचारिक रुपमा खुल्ला गरिनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments