काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ । १ सय ५८ रनको लक्ष्य पाएको मुम्बइले खेल सकिन ८ बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो ।

मुम्बइको लागि नितिश रानाले ३६ बलमा ४५ र पार्थिभ पटेलले २४ बलमा ३९ रन बनाए भने जस बटलरले ११ बलमा १४ रन, कुर्नाल पाण्डेयले २० बलमा ३७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले तीन साथै आशिस नेहरा, रसिद खान र दीपक हुड्डाले एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट जाँदा १ सय ५८ रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments