भारत । विश्वकी सबैभन्दा मोटी इमान अहमदले २ सय ४२ किलो तौल घटाएकी छन् । यसअघि उनको तौल ५ सय केजी थियो ।

उत्तर अफ्रिकास्थित मिश्रमा बसोबास गर्दै आएकी यी महिला फेब्रुअरीमा शल्यक्रिया गर्न भारत आएकी थिइन् । आर्थिक अभावका कारण उनको शल्यक्रिया हुन सकेको थिएन् ।

भारतको मुम्बईस्थित सैफी अस्पतालले उनको उपचार निःशुल्क गरिदिने घोषणा गरेको थियो । उनको तौल घटाउन डाक्टरहरु सफल भएका छन् ।

डाक्टरहरुले बताए अनुसार यी महिलालाई शल्यक्रिया पश्चात हरेक दिन दुई घण्टा फिजियोथेरापी दिने गरिएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको पनि जनाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments