मेलबर्न । अष्ट्रेलियाको जनगणना तथ्याङ्क २०१६ अनुसार विशिष्ट अष्ट्रेलियाली नागरिकको प्रोफाइल सार्वजनिक भएको छ ।

अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स ले सार्वजनिक गरेको सो तथ्याङ्क अनुसार विशिष्ट अष्ट्रेलियाली नागरिक ३८ वर्षीय महिला छिन् जसका आमा बाबु दुवै अष्ट्रेलियाका नागरिक हुन् ।

विवाहित उनि २ वटा बच्चाको आमा हुन् र तिन वटा सुत्नेकोठा सहितको घरमा बस्छिन् । १२ कक्षा बराबरको पढाई पूरा गरेकी विशिष्ट अष्ट्रेलियाली नागरिकले प्रयोग गर्ने भाषा अंग्रेजी हो । उनि घरायसी काममा ५ देखि १४ घण्टा समय दिन्छिन् । उनका दुई वटा गाडी छन् ।

त्यस्तै विशिष्ट माइग्रेन्ट अष्ट्रेलियाली नागरिक बेलायतकी ४४ वर्षीय महिला हुन् जो अंग्रेजी भाषा बोल्छिन् । विशिष्ट नागरिकको प्रोफाइल राज्य स्तरमा फरक – फरक रुपमा आएको छ ।

विशिष्ट नागरिकको विवरण अघिल्लो वर्षको जनगणनामा धेरै दोहोरिएर आएका प्रतिक्रियाहरुको आधारमा हुने गर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments