काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गरिएकोमा असन्तुष्टि जनाउँदै डिआइजी नवराज सिलवालले मंगलबार सार्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

आइजिपीका दावेदार चार डिआइजीमध्ये वरिष्ठता र कार्यसम्पादनमा आफू सबैभन्दा माथि रहेपनि अर्कैलाई नियुक्त गरिएको दावी गर्दै सरकारको निर्णय खारेजीका लागि आदेश जारी हुनुपर्ने माग सिलवालको छ ।

मन्त्रिपरिषदले सोमबार अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो । अर्याललले सोमबार राति अबेर पदभार सम्हालेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments