काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा डीआईजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद वैठकको यो निर्णयपछि झण्डै दुई महिना लामो समयपछि नेपाल प्रहरीले नेतृत्व पाएको छ ।

मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको थियो । कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको हो ।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, प्रहरी प्रमुखका अर्का आकांक्षी नवराज सिलवालका तर्फबाट सर्वोच्चमा रिट निवेदन दायर भएपछि उसले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

सर्वोच्चले चैत ८ गते चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु पर्ने आशयसहितको परमादेश दिएको थियो । तर, सर्वोच्चले अन्तिम फैसला गर्नु अघि तेस्रो धारका रुपमा प्रकाश अर्याल पनि सर्वोच्च पुगेका थिए । उनको रिटको सुनुवाई नहुँदै सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

नवनियुक्त महानिरीक्षक अर्याललाई सोमवार साँझ नै गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिवले दज्र्यानी चिन्ह लगाइदिने कार्यक्रम छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments