कैलाली । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाईसी अत्तरिया विजयी भएको छ ।

गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनायो ।

सुरुवातमा विकेट गुमाएर दवाबमा परेको अत्तरीयाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७ रनको अर्ध शतकीय पारी खेले । त्यस्तै ज्ञानेन्द्र कुवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १÷१ विकेट लिए ।

एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन वनाउन सकेनन् ।

जीतका लागि सिवाइसी अत्तरीयाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । अत्तरीयाका अविनाश बोहरा वेल्स क्याफे म्यान अफ दी म्याच हुँदै नगद १० हजार हात पारे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments