मेलबर्न। अष्ट्रेलिया फरक जाति र प्रजातिका जनावर तथा बिरुवाहरुको धनि देश मानिन्छ । अष्ट्रेलियाका ८० प्रतिशत भन्दा बढी जनावर तथा बिरुवाहरु संसारका अरु ठाउँमा बिरलै पाईन्छन् ।

यहाँ अष्ट्रेलियाका नौ आकर्षक जनावरहरुको चर्चा गरिएको छ :

१. कङ्गारु

कङ्गारु अष्ट्रेलियामा मात्र पाईने जनावर हो । त्यसैले यसलाई अष्ट्रेलियाको पहिचान मानिन्छ । यो चार प्रकारको हुन्छ । अष्ट्रेलियामा मानिसभन्दा धेरै कङ्गारु छन् ।

२. कोयला

कोयला रुखमा बस्ने जनावर हो। यो भालु जस्तै देखिने खालको हुन्छ । कोयला दक्षिण अष्ट्रेलियामा पाईन्छ । कोयलाको अर्थ पानि नहुनु हो । कोयलाहरुले अति नै कम पानि पिउँछन् ।

३. प्लेटीपस


प्लेटीपस विश्वकै अनौठो जनावरहरु मध्येमा पर्दछ । यो अष्ट्रेलियाको पूर्वी क्षेत्रमा पाईन्छ । यो अण्डा पार्ने स्तनधारी जनावर अन्तर्गत पर्छ ।

४. इमु


इमु ६ फीट अग्लो हुन्छ । उड्न नसक्ने यो चराको घाँटी लामो हुन्छ । यो चरा राम्रो पौडी खेल्छ । यो विश्वको तेश्रो ठूलो चरा हो।

५. वोम्बाट


वोम्बाट दक्षिण पूर्वी अष्ट्रेलियामा पाईने अनौठो जनावर हो। यो खुला चौर र पहाडमा बस्छ । यो तीन प्रजातिको हुन्छ ।

६. एचिद्ना


एचिद्ना अष्ट्रेलियामा पाईने सानो जनावर हो । यसको लामो ठुंड हुन्छ । खतराको संकेत पाउँदा यसले आफ्नो शरीरलाई डल्लो पार्छ र आफ्ना शरीरका काँडाहरु फिजाएर बस्छ ।

७. ब्ल्याक स्वान


ब्ल्याक स्वान दक्षिण अष्ट्रेलियामा पाईन्छ । यो पानिमा बस्ने ठूलो चरा हो । यसको शरीर कालो रंगको हुन्छ ।

८. ग्रेटर बिल्ब्य


ग्रेटर बिल्ब्य जमिनमुनि बस्ने जनावर हो । यो ठूलो, खाल्डो वा ओढार खनेर बस्छ । यसले ३ मिटर सम्मको खाल्डो खन्न सक्छ । यो खान खोज्न रातिमा मात्र बाहिर निस्किन्छ ।

९. डिङ्गो


डिङ्गो जंगली कुकुर हो । यसले ब्वाँसोको जस्तो आवाज निकाल्छ । समूह मिलेर शिकार खोज्दा यसले कङ्गारुलाई पनि आक्रमण गर्छ ।

Comments

comments