एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पुछारको सन्डरल्याण्डलाई ३–० ले हराएको हो ।

जितपछि युनाइटेड आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ ।

पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments