सिड्नी । नेपाली चलचित्रकी नायिका केकी अधिकारीलाई अष्ट्रेलियामा सम्मान गरिएको छ । अस्ट्रेलियाको सिड्नीबाट प्रकासित हुँदै आएको नेपाली मासिक म्यागेजिन “नेपाल न्यूज अस्ट्रेलिया” ले आफ्नो पाँचौ बाषिर्कोत्सवका अबसरमा केकी अधिकारि र निर्देशक प्रचण्डमान श्रेष्ठलाई सम्मान गरेको हो ।

अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उक्त म्यागेजिनका पूर्व प्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाल, लेखनको माध्यमबाट सहयोग गर्ने क्यानबेराका समाजसेवी डा. कृष्ण हमाल, सिड्नीका श्री नापित, त्रिलोचन पोखरेल, सुरज न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएन अभियानमा नेपाल न्युज अस्ट्रेलियाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments