काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको पुँजीगत लाभकर छुट नदिएको भन्दै जसरी भए पनि असुल गरिने बताउनु भएको छ ।

आईतबार व्यवस्थापिका संसदको लेखा समितिको बैठकमा प्रधानमन्त्री दाहालले पुँजीगत लाभकर छुट नदिएको स्पष्ट पार्दै कर असुलीबारे सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले करका सम्बन्धमा औपचारिक ढंगले अर्थ मन्त्रालयबाट प्रस्ताव नै नआएकाले मन्त्रिपरिषद्मा औपचारिक निर्णय नभएको जिकिर गर्नुभयो । उहाँले विक्रेताबाट लाभ कर उठाउने विषयमा कहाँ त्रुटी भयो भनेर मन्त्रीपरिषद्मा छलफल भएको भए पनि मिडियामा आए जस्तो कर छुट दिने विषयमा औपचारिक निर्णय नभएको स्पष्ट पार्नुभयो ।

उहाँले मिलेसम्म विक्रेता र क्रेता दुवैलाई सँगै राखेर छलफल गरि उचित निर्णय लिने पक्षमा सरकार रहेको भन्दै कर उठाउनका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रीपरिषद्ले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने निर्णय गरेको समाचार बाहिर आएपछि मन्त्रिपरिषदको निर्णयका विषयमा जानकारी लिन प्रधानमन्त्री दाहाललाई समितिले बैठकमा बोलाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments