एजेन्सी । भारतको एक न्युज च्यानलकी समाचार वाचिकाले आफ्नै श्रीमानको मृत्युको ब्रेकिङ्ग न्युज पढेको घटनाले सबैलाई स्तब्ध बनाएको छ ।

भारतको आइबिसी २४ न्युज च्यानलकी समाचार वाचिका सुप्रीत कौरले समाचार वाचन गर्ने क्रममा उनका श्रीमानको कार दुर्घटनाको बारेमा ब्रेकिङ्ग न्युज आएको थियो। उनले आफूलाई सम्हालेर उक्त समाचार दिएकी थीईन् । त्यतिबेला नै कार्यालयका उनका सहकर्मीले मृतक उनका श्रीमान नै भएको जानकारी पाईसकेका थिए ।

समाचार वाचन सकिए लगत्तै सुप्रीतले घरमा फोन गरेर मृतक आफ्नो श्रीमान नै भएको पुष्टि गरेकी थिईन् । त्यसपछि उनि भाव्विहल भएर रुन थालेपछि कार्यलय नै शोकमा डुबेको थियो । २८ वर्षीय सुप्रीतले एक वर्ष अगाडी मात्र विवाह गरेकी थिईन् ।

यो घटनाले सुप्रीतको साहस र पत्रकारिता पेशाप्रतिको कर्तव्य पालनको पुष्टि गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments