भारतीय अभिनेता अनुपम खेर आफ्नो एकल नाटक प्रस्तुतिका लागि काठमाडौँ आइपुगेका छन् | अनुपम  आफ्नै जीवनमा आधारित  नाटक ‘कुछ भी हो सकता है’ को च्यारिटी शोका लागि काठमाडौं आइपुगेका हुन् ।

३०० पटक भन्दा धेरै मञ्चन भएको यो नाटक नेपालमा शुक्रबार पहिलो पटक मञ्चन हुनेछ । शुक्रबार ५ बजेपछि आर्मी अफिसर क्लबमा नाटकको मन्चन हुने भएको छ | सडक बालबालिकाका संरक्षणका क्षेत्रमा कार्यरत संस्था कोशेली फाउन्डेसनको आमन्त्रणमा च्यारिटी सो को लागि आइपुगेका कलाकार अनुपमले काठमाडौँ आए लगत्तै संस्थाको सहयोगमा संरक्षित १२० जना बालबालिका सँग भेट गरेका थिए |

आफ्नो  नाटकको बारेमा खेरले भनेका छन् ‘यो एक असफल हुनु पर्ने व्यक्तिको कथा हो । तर त्यो व्यक्तिले आफ्नो भाग्यसँग लड्यो र सफलता तर्फ कदम बढायो ।’ आफूले जीवनमा भोगेका असफलता, नैराश्यता, संघर्ष र सफलताको कथा यस नाटकबाट सुनाउँदे हिडेका खेरले यही सोचलाई आफ्नो नयाँ टेलिभिजन कार्यक्रममा पनि प्रस्तुत गरेका छन् ।

अनुपम  शनिबार पशुपतिनाथको दर्शन गरि आइतबार मात्रै भारत फर्किने कार्यक्रम रहेको बताइएको छ |

Please follow and like us:

Comments