काठमाडौ । सभापति देउवाले निधिको वरीयताबारेमा मुख खोलेका छैनन् । तर, नेता रामचन्द्र पौडेलले भने ठूलो पार्टीका रूपमा निधि नै प्रधानमन्त्रीपछिको वरीयतामा हुनुपर्ने बताएका थिए । उनले चुनावलाई सत्तासँग जोडेको भन्दै सभापतिको कार्यशैलीप्रति तीव्र विरोध गर्दै निधिप्रति नरम अभिव्यक्ति दिएका थिए ।

पौडेल पक्षका अरू नेता पनि निधिको पक्षमा देखिएका थिए । आफ्नो विश्वासपात्र निधिलाई पौडेल पक्षले साथ दिने तथा आफ्नो सत्तारोहणलाई पौडेल पक्षले सकेसम्म रोक्न खोजेको बुझाइ पनि देउवाको रहेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।

यस्तोमा सकेसम्म निधिसँग दूरी नबढाउने र सकेसम्म उनलाई मनाएर राख्ने नीति देउवाले लिएको देउवानिकट स्रोत बताउँछ । ‘सभापतिलाई निधि, निधिलाई सभापति चाहिने अवस्था छ,’ देउवानिकट स्रोत भन्छ, ‘यस्तोमा सकेसम्म विवाद नगरौँ मिलेरै जाऔँ भन्ने नीति दुवैको देखिन्छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments