प्रहरीले मापसे चेकिङको क्रममा मात्रासहित तत्कालै प्रिन्ट गरेर दिने मेसिन भित्र्याएको छ | महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसेको मात्रासमेत थाहा हुने अत्याधुनिक ब्रेथलाइजर ल्याएको हो  ।

ट्राफिक महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीका अनुसार पुरानो ब्रेथलाइजरजस्तो मापसे  चेक गर्दा धेरै फुक्नुसमेत  नपर्ने नयाँ मेसिनले डाटा कम्प्युटरमा पनि राख्न सकिने बताइएको छ | तत्कालका लागि प्रहरी प्रधान कार्यालयले ट्राफिक महाशाखाका लागि १८ वटा ब्रेथलाइजर लिएको छ । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ | 

Comments