मेलबर्न । नेप्लीज एशोसियसन अफ भिक्टोरिया अष्ट्रेलियाको आयोजनामा न्याभ मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट २०१७ हुनेभएको छ ।

नेपाली समुदायको खेल क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको न्याभले पहिलोपटक मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट आयोजना गर्न लागेको हो । नयाँ वर्ष २०७४ लाई स्वागत गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको न्याभले जनाएको छ ।

प्रतियोगिता यही अप्रिलको १४ देखि शुरु भई १६ तारिखमा समापन हुनेछ । Tw Blake park, Preston.मा हुने प्रतियोगिताका लागि भिक्टोरियन मल्टिकल्चरल कमिसन,क्रिकेट भिक्टोरिया,एनआरएनए अष्ट्रेलिया,भिआइसी हेल्थ र हिमालयन क्रिकेट क्लब प्रेस्टनले सहकार्य गरेका छन् ।

Comments

comments