मेलबर्न । दक्षिण अष्ट्रेलियाको अध्यागमन विभागले हाई पोइन्ट मापदण्डलाई बढाएर ८५ पुर्याएको छ ।

यो नियम अनुसार ८५ पोइन्ट भन्दा तल ल्याउने निवेदकले हाइ पोइन्ट नोमिनेसनको लागि दिएको निवेदन अस्वीकार हुनेछ ।

अध्यागमन विभागले यो नियम आगामी १९ अप्रिलदेखि लागू हुने जनाएको छ । एसविएस अनलाइनका अनुसार ५ अप्रिल भन्दा अगाडि दिएका निवेदनहरु भने सो नियमबाट प्रभावित हुने छैनन् ।

एकाउन्टेन्ट, ह्युमन रिसोर्स एड्भाइजर, मार्केटिङ स्पेसियालिस्ट, युनिभर्सिटी लेक्चर, शिक्षक, हस्पिटल फार्मेसिस्ट आदि दक्ष पेशाको लागि हाई पोइन्ट अथवा चेन माइग्रेसन नोमिनेसनको लागि दिएका निवेदनहरु अस्वीकार हुनेछन् ।

Comments

comments