एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा एक पत्रकार बालयौन सम्बन्धि मुद्दामा पक्राउ परेका छन् । उनले बाल यौन शोषणका फोटोहरु पठाउने र बालबालिकाहरुका बारेमा अश्लिल र अभद्र कुराकानी गर्ने गरेका थिए ।

४२ वर्षीय बेन एमसी कोर्म्याक नाम चलेका टेलिभिजन रिपोर्टर हुन् । उनि द नाइन नेटवर्कमा विगत २५ वर्षदेखि कार्यरत थिए । द नाइन नेटवर्कले उनलाई तुरुन्तै निलम्बन गरेको छ ।

प्रहरीले उनलाई सिड्नीबाट पक्राउ गरेको हो । उनलाई जमानतमा रिहा गरि सिड्नी अदालतमा मे १ तारिखमा उपस्थित हुने आदेश दिईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments