मेलबर्न । शिक्षण पेशामा लागेकाहरुलाई आफ्नो योग्यता र ज्ञानको वृद्धिको लागि अष्ट्रेलियामा एजुकेसनल स्टडिज ( शैक्षिक पढाइ) कोर्स हुन्छ ।

एजुकेसनल स्टडिजमा भर्ना हुनको लागि तीन वर्षको शिक्षण अनुभव हुनुपर्छ । यो कोर्सको अवधि एक वर्षको रहेको छ । यसको लागि पढाइ शुल्क वार्षिक लगभग २०,६०० डलर लाग्छ । विभिन्न छात्रवृत्ति योजनाको मद्दतले पढाइको लागि आर्थिक सहायता लिन सकिन्छ ।

अष्ट्रेलियामा शिक्षकको तलब औसत ६२,००० डलर रहेको छ । पढाउने तह, विषय र शैक्षिक संस्था अनुसार तलब फरक फरक हुन्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Comments

comments