काठमाडौं । काठमाडों कपन मिलनचोक स्थीत एक होटलमा ग्यास सिलिण्डर पड्किदा आगलागी भएको छ । बिहीबार दिउसो करिव तीन बजे उक्त होटलमा रहको एक ग्यास सिलिण्डरमा ग्यास लिक भई आगो सल्किएको थियो ।

आगो सल्किएपछि त्यहा रहेको अर्को सिलिण्डर समेत पड्केको प्रत्यक्षदर्शीले जनाएका छन् । सिलिण्डर पड्कदा एक व्यक्ति समेत घाईते भएका छन् ।

आगलागीका कारण उक्त पसल पूर्णरुपमा क्षती भएको छ भने आसपासका घरका सिसा फुटेका छन् । आगलागी भएको आधा घण्टापछि पुगेको दमकल , प्रहरी र स्थानिय वासिन्दा को सहयोगबाट आगलागी नियन्त्रणमा लिईएको थियो ।

आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments