एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेको छ ।

बुधबार साँझ घरेलु मैदानमा भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स ब्याङ्गलोरलाई ३५ रनले पराजित गरेको हो । रोयल च्यालेन्जर्स ब्याङ्गलोरले टस जितेर हैदराबादलाई ब्याटिङको निम्तो दिएको थियो ।

हैदरावादले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा अलआउट हुँदैं मात्र १ सय ७२ रन मात्र बनाउन सक्यो । हैदरावादका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments