एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा चेल्सीले म्यान्चेष्टर सिटीमाथि जीत निकालेको छ ।

लिग अन्तर्गत चेल्सीले सिटीमाथि २–१ को जीत निकालेको हो । चेल्सीको जीतमा दुबै गोल इडेन हजार्डले गरे । म्यान्चेष्टर सिटीका लागि सर्जिओ अग्युरोले गोल गरे ।

जीतपछि चेल्सीले ३० खेलबाट ७२ अंक बटुलेको छ । चेल्सीले दोश्रो स्थानको टोटनह्यामसँग ७ अंकको अंक दुरी कायम राखेको छ ।

दोस्रो स्थानको टोटनह्यामको ६५ अंक छ भने चौथो स्थानमा रहेको म्यानचेष्टर सिटीको ५८ अंक छ । खेलमा ४ शट, ३ टार्गेट, २ गोल गरेका इडेन हजार्ड म्यान अफ दी म्याच घोषित भए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments