मेलबर्न । अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुको आकर्षण बढिरहेको छ । अष्ट्रेलियामा रहेका ४२ वटा विश्वविद्यालयमा दुई लाख पचास हजार विदेशी विद्यार्थीहरु पीएचडी अध्ययनरत छन् । धेरैजसो विद्यार्थीहरु यहाँको अन्तराष्ट्रिय स्तरको स्नातक तह र सो भन्दा माथिल्लो तहको पढाइप्रति आकर्षित छन् ।

अष्ट्रेलियाका १५ प्रतिशत विश्वविद्यालयहरु विश्वका उत्कृष्ट विश्वविद्यालय मध्येमा पर्छन् । अष्ट्रेलियामा पीएचडी अध्ययनको लागि शुल्क भने तुलनात्मक रुपमा केही महँगो हुन्छ ।

यहाँ पीएचडी अध्ययनको लागि वार्षिक १४,००० डलरदेखि ३७,००० डलर शुल्क तोकिएको छ । तर छात्रवृत्ति योजनाहरु,विदेशी विद्यार्थीहरुको लागि सहयोगी कार्यक्रम,अनुसन्धानमा सहयोग आदि कार्यक्रमको माध्यमबाट आर्थिक सहयोग प्राप्त गर्न सकिन्छ ।

विश्वविद्यालयहरुमा पीएचडीलाई विद्यार्थीको आफ्नो लागतमा पढाइ (स्टुडेन्टकजष्उ) र सहयोग रकममा पढाइ ( फन्डेड पीएचडी ) गरी दुई भागमा विभाजन गरिएको हुन्छ । पीएचडीको लागि आवेदन दिंदा तपाईले फन्डेड पीएचडीमा आवेदन दिन सक्नुहुन्छ ।

अष्ट्रेलियामा पीएचडी अध्ययन गर्नाले सिधै पीआर पाउन नसकिने भएपनि पीआर लिन तुलनात्मक रुपमा सजिलो भने हुन्छ । किनभने यहाँको स्किल्ड सूचीमा पीआर शीर्षस्थानमा रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments