संविधानका विषयमा सझा धारणा बनाउने विषयमा छलफल गर्न  एमालेको  पदाधिकारी बैठक बस्ने भएको छ ।

संविधानसभामा संविधानका महत्वपुर्ण विषयमा छलफल सुरु भएसँगै पार्टीको बटमलाईन तय गर्न बैठक बस्न लागेको हो । पार्टी कार्यालय बल्खुमा दिउँसो २ बजे बस्ने बैठकमा संविधानसभामा दोस्रो ठुलो दलको हैसियतले तोकिएको समयमा संविधान ल्याउन पार्टीले गर्न सक्ने पहलका विषयमा पनि छलफल गरिने एमालले जनाएको छ ।

आजको बैठकले संविधान बनाउने विषयमा पार्टीले देखाउन सक्ने लचकता र सहमतिका लागि अरु पार्टीसँगको सहकार्यका विषयमा पनि छलफल गर्न लागिएको छ ।

Comments

comments