एजेन्सी । पृथ्वीको ७० प्रतिशतभन्दा बढी भाग पानीले ओगटेको छ । तर ९७ प्रतिशत पानी नुनिलो छ, अर्थात पिउन योग्य छैन । २ प्रतिशत पानी हिउँको रुपमा पृथ्वीको सतहमा छ । पृथ्वीमा भएको पानी मध्ये १ प्रतिशत मात्रै पानी पिउन योग्य छ ।

शोधहरुका अनुसार सन् २०२५ सम्ममा १ दशमलब ८ बिलियन मानिसले पानीको अभाव झेल्नुपर्नेछ । सन् २०३० सम्ममा संसारको आधा जनसंख्याले पानीको चरम अभाव झेल्नुपर्नेछ । पानी नै पानीले भरिएको पृथ्वीमा पनि स्वच्छ पिउने पानीको अभाव भइरहँदा अब भने बैज्ञानिकले यस्तो उपाय निकालेका छन्, जसले समुद्रको पानीलाई पनि पिउन योग्य पानीमा परिणत गर्न सकिने छ ।

बेलायतका अनुसन्धानकर्ताहरुले समुद्रको पानीबाट नुन निकाल्ने तरिका पत्ता लगाएका हुन् । अनुसन्धानकर्ताहरुले ग्रेफीन यस्तोे चाल्नो विकसित गरेका छन्, जसले समुद्रको नुनिलो पानीलाई पिउन योग्य बनाउनेछ । ग्रेफीन ग्रेफाइटको पातलो पट्टी जस्तो तत्व हो, ग्रेफीन अक्साइडको चाल्नो समुद्रको पानीबाट नुन अलग गर्न असरदार मानिन्छ ।

युनिभर्सिटी अफ म्यान्चेष्टरका बैज्ञानिकको टोलीको अगुवाइमा ग्रेफीनको चाल्नो विकसित भएको हो । साइन्स जर्नल नेचर न्यानोटेक्नोलोजीले ग्रेफीनको चाल्नो विकसित गरिएको बारे रिसर्च पेपर सार्वजनिक गरेको हो ।

अहिलेको प्रविधि अनुसार सिंगल लेयर ग्रेफीनको ठूलो मात्रामा उत्पादन महंगो मानिन्छ तर ग्रेफीन अक्साइड ल्याबमा सजिलैसँग तयार गर्न सकिने हुनाले सुलभ र सस्तो पर्ने अनुसन्धानकर्ताहरुको भनाई छ । संसारमा अहिलेको पानी सफा गर्ने प्रविधि पोलिमर फिल्टरमा आधारित छ ।

अनुसन्धानकर्ताहरु भन्छन्– ‘हाम्रो अर्को कदम बजारमा उपलव्ध सामग्रीसँग हामीले विकसित गरेको प्रविधिको तुलना गर्ने रहनेछ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments