एजेन्सी । प्रशिद्ध रेस्लर अण्डरटेकरले रेस्लिङबाट सन्यास लिएका छन् ।

डब्ल्युडब्ल्युईमा समर्थक तथा प्रशंसकहरुले ट्वीटरमा अण्डरटेकरलाई ‘थ्यान्क यु टेकर’ ‘रेसलमेनिया’ ह्यासट्याग ट्रेण्ड गरेर भावविह्वल बिदाई गरेका छन् । ‘रेसलमेनिया’ ह्यासट्याग सामाजिक सञ्जाल ट्वीटरको एक नम्बर ट्रेण्डिङमा छ भने यो ह्यासट्यागमा १ मिलियनभन्दा बढी ट्वीट भैसकेको छ ।

अण्डरटेकरले रेसलमेनिया ३३ को खतरनाक भिडन्तको फाइनलमा रोमन रेन्सबाट पराजय भोगेलगत्तै आइतबार राति रिङमा नै सन्यास लिएका थिए । २७ वर्षसम्म रेस्लिङमा वर्चस्व जमाएका अण्डरटेकरले आइतबार रातिको हारपछि रिङको केन्द्रमा आफ्नो पञ्जा, ह्याट र ट्रेञ्चकोट राखे, बिस्तारै रिङबाट ओर्लिए र जहाँबाट आएका थिए त्यहि बाटो फर्किए ।

५२ वर्षीय लोकप्रिय खेलाडी अण्डरटेकरको वास्तविक नाम मार्क विलियम कालावे हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments