मेलबर्न । धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ अष्ट्रेलियाको मेलबर्नमा बार्बिक्यु इभेन्टको आयोजना गरिएको छ । गत हप्ता मौसमको कारणले स्थगित भएको सो कार्यक्रम यही आइतबार अप्रिल ८ का दिन हुन लागेको हो ।

च्यारिटी कार्यक्रम “बार्बिक्यु इभेन्ट“ कोबर्ग लेक रिजर्भमा हुने आयोजकले बताएका छन् । कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । मेलबर्न नेप्लीज कम्युनिटीले कार्यक्रमको आयोजना गरेको हो ।

आयोजकले देशको बिग्रदो अवस्थामा धुर्मुस सुन्तली फाउन्डेसनले उठाएको कदम सह्रानीय रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरुको लागि आफ्नो देशप्रतिको कर्तव्य निर्वाह गर्ने यो राम्रो अवसर भएको बताएका छन् ।

यस च्यारिटी कार्यक्रममा सहभागी भई राम्रो काम गर्नेहरुको लागि हौसला र प्रेरणा बनिदिन सम्पूर्ण मेलबर्नवासी नेपालीहरुलाई आयोजकले अनुरोध गरेका छन् ।

Comments

comments