काठमाडौं । आज चैते दशैं तथा सानो दशैं । मुलुकभरका शक्तिपीठ तथा देवीमन्दिरमा देवीदुर्गा भवानीको पूजाआजा गरी प्रसादको रुपमा टीका लगाइँदैछ ।

हरेक वर्षको चैत्रशुक्ल अष्टमी तिथिमा चैते दशैं मनाउने गरिन्छ । आश्विनशुक्लपक्ष तिथिमा मनाइने दशैंलाई बडा दशैं र चैत्रशुक्लपक्षमा मनाइने दशैंलाई सानो दशैं भन्ने चलन छ । सानो दशैंमा पनि बडादशैंकै विधिमा देवीदुर्गाभवानीको पूजा गर्ने गरिन्छ । तर यस दशैंमा भने चैत्रशुक्लपक्षको अष्टमी तिथिमा टीका लगाउने चलन छ । चैते दशैंका अवसरमा आज देशका विभिन्न देवी मन्दिरमा भक्तहरुको भीड लागेको छ । काठमाडौमा रहेका गुह्येश्वरी,मैतीदेवी नक्साल भगवती, कालिकास्थान,भद्रकाली संकटा नरदेवी रक्तकाली शोभा भगवती लगायतका मन्दिरमा देवीपूजा भइरहेको छ । साथै देशका विभिन्न देवी मन्दिरमा आज पूजाआजाका साथै जात्रा पनि निकाल्ने चलन छ । देशैभर आज शक्तिपीठ तथा देवीमन्दिरहरुमा देवीभक्तको घुइचो लागेको छ ।

चैते दशैंको अवसरमा वागलुङ जिल्लामा अवस्थित बागलुङ कालिका मन्दिर विशेष मेला लागेको छ । चैते दशैं मेला भनिने यस मेलामा बागलुङ पर्वत,म्याग्दी कास्की लगायतका छिमेकी जिल्लाहरुबाट भक्त दर्शनार्थीहरु बागलुङ जाने गर्दछन् ।

यस वर्ष वैशाख २ गते सानो दशैं असोज १० गते विजया दशमी वा बडा दशै र चैत २२ गते चैते दशैं परेकाले २०७३ साल तीन वटा दशैं पर्व परेको वर्ष बन्नपुगेको छ ।

Comments

comments