एजेन्सी । बंगलादेशका एक जना मानिसले २० वर्ष सम्म लुकाएर राखेको आफ्नो अनुहार हाल सार्वजनिक गरेका छन् ।

हस्मोट अलि माझिको काम गर्छन्। उनीहरुको समाजमा समूह मिलेर हप्ता दिनको लागि माछा खोज्न जाने र जंगलमै रात बिताउने प्रचलन थियो । यसै क्रममा २० वर्ष अगाडी राति जंगलमा सुतिरहेको बेलामा उनलाई बाघले आक्रमण गरेको थियो । बाघलाई उनका साथीहरुले धपाउन सफल भए तर हस्मोटको अनुहारमा उसले आक्रमण गरिसकेको थियो । 

साथीहरुले उनलाई ६ घण्टा पछि मात्र अस्पताल पुर्याउन सफल भएका थिए । उनि बाँचे पनि बाघको आक्रमणले बिग्रिएको उनको अनुहारलाई अस्पतालले ब्यान्डेज लगाउने बाहेक केही गर्न सकेन ।

उनले अनुहार सधै ढाकेर हिड्थे तर २० वर्षपछि आफ्नो आत्मविश्वास र परिवारको मायाले उनले अनुहार देखाएर हिड्ने हिम्मत गरेका छन् । हस्मोट हाल ४० वर्षका भए । उनि विवाहित छन् र एक छोरीका बाबु पनि हुन् ।

हस्मोटले अनुहारमा प्लास्टिक सर्जरी गर्ने आशाले हाल सहयोग रकम जुटाईरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments