मेलबर्न । अष्ट्रेलियाको पर्थ सहरमा श्रीमद्भागवत अमृत कथा वाचन हुने भएको छ । नेपाली धर्म र संस्कृतिसंग भौतिक रुपमा टाढा हुन बाध्य पर्थवासीलाई “पर्थ नेपाली मन्दिर” ले यो अवसर प्रदान गर्न लागेको हो ।

आगामी अप्रिल १५ देखि तीन दिनसम्म कथा वाचन हुने आयोजकले बताएका छन् । नेपाली मौलिक परम्परा, धर्म, संस्कृतिको प्रबद्र्धन गर्नका लागि पशुपतिनाथ र बौद्धनाथको संयूक्त स्वरुपमा नेपाली मन्दिर बनाउन सो कार्यक्रमको आयोजना गरिएको हो ।

पण्डित कमलनयन गौतमले अमृत कथा वाचन गर्ने उक्त कार्यक्रम हच्किन प्लेस कीउडेलमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments