म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ ।

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ ।  उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल मिसाउने जस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्नगई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रसस्तै जैविक तथा औद्योगिक फोहरमौला थुप्रिने गर्दछ । हिन्दूधर्मावलम्बीका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीको साथै शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवम् वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवम् मित्र जीवको सट्टा हानिकारक शत्रु जीवको उर्बर बासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको सरोकारवालाले बताएका छन् ।  नदीमा भएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन घुमाउने क्षमतामा आएको ह्रास तथा जलीय वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा उत्पन्न विकराल समस्याबाट मुक्ति पाउनका लागि समयमा नै ‘कालीगण्डकी बचाऊ’ अभियानमा सबै सरिक हुनुपर्ने वातावरणविद्को राय रहेको छ ।

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अंशका रुपमा पूजा आराधना गर्ने र विश्वमै दुर्लभ शालीग्राम शिला पाइने विश्वको एकमात्र नदी कालीगण्डकी जैविक प्रदूषणको चपेटामा परेको छ ।

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो सहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ ।  प्रकृतिमा देखिएको असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित वनेको वातावरण र वन संरक्षणको क्षेत्रमा क्रियाशील चन्द्रमणि सापकोटाले बताउनुभयो ।

‘यसले गर्दा नदीको अस्तित्व समेत खतरामा परेको छ’ सापकोटाले भन्नुभयो ।  तापक्रम वृद्धिसँगै हिमालमा हिउँ पग्लने क्रम बढ्दै जाँदा कालीगण्डकीमा आएको बहावको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन भासिँदै गएको छ । नदी अत्यधिक प्रदूषित भएपछि विगतमा कञ्चन र सफा देखिने कालीगण्डकीको पानी अहिले कालो बाक्लो देखिनुका साथै गन्हाउन थालेको छ ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रसस्तै जैविक तथा औद्योगिक फोहरमैला थुप्रिने गर्दछ । यसले गर्दा महत्वपूर्ण जलसम्पदा तथा धार्मिक आस्थाको प्रतीक कालीगण्डकी नदी प्रदूषित हुन पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

प्रदूषणका कारण नदीमा आएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन उत्सर्जन चक्रमा समेत नकारात्मक असर पर्न थालेको छ, यसले गर्दा जल वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा पनि प्रभाव पर्नसक्ने बताइएको छ । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments