मेलबर्न । मेलबर्न अष्ट्रेलियाको पर्यटकीय शहर मात्र होइन शैक्षिक शहरका रुपमा समेत परिचित छ । किनभने मेलबर्न विदेशी विद्यार्थीहरुको मूख्य शैक्षिक गन्तव्यका रुपमा रहदैआएको छ ।

यसको मूल कारण विदेशी विद्यार्थीहरुको लागि यहाँ धेरै सहयोगी संस्थाहरु छन् । विद्यार्थीहरुले उनीहरुबाट कलेज तथा युनिभर्सिटी, बसाई सम्बन्धि यथेष्ट जानकारी लिन सक्छन् ।

मेलबर्न जीवनयापनका लागि विश्वमा उत्कृष्ट सहरहरु मध्येमा पर्दछ । यहाँको भौतिक पूर्वाधारहरुको विकास, शिक्षा, संस्कृति, वातावरण, स्वास्थ्य सुविधा सबै उत्कृष्ट छन् । यो सुरक्षित र सुविधा सम्पन्न सहर हो ।

विद्यार्थीहरुको लागि विश्वका उपयुक्त सहरहरु मध्येमा मेलबर्न पनि अग्रस्थानमा आउँछ । धेरै देशका विद्यार्थीहरुसंग घुलमिल हुन पाउनु र विभिन्न ज्ञान तथा संस्कृतिको बारेमा जानकारी लिन पाउनु विद्यार्थीहरुको रमाईलो पक्ष हुन्छ । यहाँको जीवनशैली, सुरक्षा व्यवस्था विद्यार्थीहरुको लागि उपयुक्त छ ।

विश्वका उत्कृष्ट युनिभर्सिटी मध्येमा पर्ने ६ वटा युनिभर्सिटी मेलबर्नमा रहेका छन् । त्यसको साथै यहाँ उच्च स्तरका रिसर्च सेन्टर, बिजनेस स्कूल, व्यवसायिक शिक्षाका स्कूल रहेका छन् ।

मेलबर्न जति भौतिक पूर्वाधारमा विकसित छ त्यति नै प्राकृतिक रुपमा र सांस्कृतिक रुपमा पनि धनि छ । यहाँको प्राकृतिक सौन्दर्य साथै ऐतिहासिक सम्पदाहरूले आकर्षित गर्छन् ।

Comments

comments