जनकपुर । नापी कार्यालय धनुषाका अमिन कृष्ण जोशी ३० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

नापी कार्यालय धनुषा टोली नम्बर २ को कार्यालयमा कार्यरत अमिन कृष्ण जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले आइतबार दिउँसो ३० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगका एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार सेवाग्राहीले नापी भएको समयमा आफनै काकाको नाममा गएको आफनो जग्गालाई पुनः आफनो नाउमा पास गराउनको लागि अमीन जोशीले घुस रकम माग गरेका थिए ।

यता सेवाग्राहीले यस सन्दर्भमा पटक पटक नापी शाखा धनुषाका प्रमुख सुरेश जोशीसंग सम्पर्क गर्दा उनले अमिनलाई खुशी परिदिनुस भनेर भन्ने गरेको थियो  ।

त्यसपछि सेवाग्राहीले बाध्य भएर अख्तियारसंग सम्पर्क गरेको र उजुरीका आधारमा जोशीलाई प्रमाण सहित   पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालले बताउनुभयो  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments