मेलबर्न । अष्ट्रेलियामा बढ्दो बसाइ सराइ र जनसंख्या वृद्धिले गर्दा काम पाउन मुस्किल हुँदै गईरहेको छ । माइग्रेन्ट एण्ड रिफ्युजी सेटलमेन्ट एजेन्सीका अनुसार विदेशी तथा शरणार्थीहरुलाई काम खोज्नको लागि सुरुमै सहायता दिनसक्यो भने काम पाउने सम्भावना प्रवल रहन्छ ।

यसको लागि राम्रो रिजुम ( सी.भी ) हुनु जरुरी छ । रिजुम बुझाईसकेपछि फोनवार्ता हुन सक्छ । जसको लागि बोल्ने तरिका र उत्तर दिने तरिकामा ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रत्यक्ष अन्तर्वार्ता हो । त्यसैले अन्तर्वार्ताको लागि विशेष तयारी गर्नुपर्छ ।

राज्यहरुमा “जब एक्टिभ“ स्किम हुन्छ जसले जागिर खोज्ने र जागिर दिनेबीच भेट गराउँछ । जागिर पाउन सजिलोको लागि र रिक्त पदहरुको बारेमा थाहा पाउनको लागि आफूले धेरै भन्दा धेरै मानिसहरुसंग चिनजान तथा सम्बन्ध बढाउनुपर्छ । विभिन्न संघसंस्थाहरुको कार्य र क्षेत्रका बारेमा जानकार हुनुपर्छ ।

आफ्नो समुदायमा सक्रिय रुपमा सहभागी भएर र कलेज तथा युनिभर्सिटीमा मित्रताको हात बढाएर सम्बन्ध विस्तार गर्नुपर्छ । जानकारी आदान–प्रदान गर्ने बानी बसाल्नुपर्छ,जसले गर्दा कामको बारेमा पनि जानकारी मिल्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments